शनिबार १२ श्रावण २०८१
खेलकुद

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौं । स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।

नेपाल क्रिकेट संघ –क्यान) का पदाधिकारीबिच लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

‘हामी भोलि सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई पठाउँछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

 

तपाईको प्रतिक्रिया