शनिबार १२ श्रावण २०८१
अर्थ

सुनको मूल्य एकै दिन एक हजारले बढ्यो

बुधबार जेठ २, २०८१/ Wednesday 05-15-24

काठमाडौं ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर कारोबार भएको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य बुधबार पाँच रूपैयाँले बढेर कारोबार भएको महासंघले जानकारी दिएको छ । बुधबार चाँदी प्रतितोेला एक हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया