शनिबार ५ जेठ २०८१
अनुसन्धान

आगलागी हुँदा २५ लाख बढीको क्षति

शनिबार बैशाख २२, २०८१/ Saturday 05-04-24

काठमाडौ ।कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको छ । हिजो अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका छन् ।

घरसँगै गरगहना, अन्न, लुगाकपडा, महत्वपूर्ण कागजपत्र र पाँच लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए ।

स्थानीय बासिन्दा र प्रहरीले आगलागीको नियन्त्रणमा लिएका थिए । आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया