शनिबार १२ श्रावण २०८१
राजनीति

सभामुखले पदीय मर्यादा राख्नुभएन, दलको कार्यकर्ताजस्तो देखिनुभयो : कांग्रेस

सोमबार जेठ ७, २०८१/ Monday 05-20-24

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठाएको छ ।

प्रतिनिधि सभा बैठक बसेपछि सोमबार दिउँसो संघीय संसद् भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सभामुख घिमिरेले विपक्षी दललाई बोल्न नदिनुका पछाडि सत्ता पक्षको बहुमतको दम्भ देखिएको बताएको हो । 

'आजको दृश्यले सभामुखको पदीय गरिमा नभएको ठहर गरेका छौं। त्यो गरिमा र मर्यादा राख्न पर्थ्यो। तर, राजनीति दलका कार्यकर्ताजस्तो पेस हुनु सभामुखजस्तो पदको लागि शोभनीय हुँदैन। सभामुखज्युलाई संसदीय परम्परा जोगाउन भूमिका निभाउन ध्यानाकर्षण गराउन चाहन्छौं,' कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने।

उनले सत्तापक्षले बहुमतको दम्भ देखाएको आरोप लगाए। संसदमा देखिएको दृश्य नेपालको संसदीय इतिहासमा नौलो घटना र दुःखदायी घटना भएको उनको भनाइ छ। यसले संसदीय परम्परालाई कमजोर पार्ने उनले बताए।

'विपक्षीलाई स्पेश नदिने, बोल्न नदिने, समय हुँदाहुँदै आजै विश्वासको मत लिने र संसदलाई ब्यारेक बनाएर विश्वासको मत लिनु खेदजनक छ,' उनले भने, 'सभामुखज्युले आझ विपक्षी दललाई पनि बोल्न दिनुभएन। त्यसको पछाडि सत्तापक्षको बहुमतको दम्भ छ। सत्तापक्षको निरंकुशताको मनोवृत्ति छ। लोकतन्त्र र मूल्य र मान्यता विपरीत नजान चेतवानी दिएका छौं,' उनले भने।

उनले विश्वासको मत लिने समय हुँदाहुँदै प्रतिपक्षी सरकारले बल मिच्याई र तानाशाही प्रवृत्ति देखाएको उनको आरोप छ।

तपाईको प्रतिक्रिया