आइतबार ३० भदौ २०८१
राजनीति

हवाई दुर्घटनाको छानबिन समितिले दिएका प्रतिवेदन तथ्यपरक छन्/छैनन् समीक्षा गर्छाैं: पर्यटनमन्त्री पाण्डे

बिहीबार भदौ १३, २०८१/ Thursday 08-29-24

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताएका छन्।

बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धि कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्। उनले हवाई उडान सुरक्षित बनाउनको लागि उडानमा खटिने सबै जनशक्तिले पाएको जिम्मेवारीमा कर्तव्यनिष्ठ हुन जरुरी रहेको बताए ।

मन्त्री पाण्डेले हवाई उडान क्षेत्रका जनशक्तिहरु आत्मा अनुशासनमा रहन आवश्यक देखिएको धारणा राखे । उनले पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटीमा कतव्र्यनिष्ठ भएर काम गरे हवाई दुर्घटनामा कम हुने बताए । उनले नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित रहेका विश्वलाई सन्देश दिन जरुरी रहेको बताए ।

उनले भने ,‘नेपालको आकाश र नेपालमा सञ्चालनमा रहेका एयरलाइन्सहरु सुरक्षित छन् । विदेशी पर्यटकहरु ढुक्कले नेपालमा आउनुस् । नेपालका हेलिकप्टर र जहाजले दिने सेवामा दुविधा हुँदैन भन्ने कुराको विश्वास दिलाउने काम हामीले गर्छाै‌ं अब नेपाल हवाई उडान क्षेत्रको सुरक्षामा प्रतिवद्धताका साथ लागेको छ भन्ने विश्वमा सन्देश पुर्‍याउन आवश्यक छ । नेपाल माथि प्रश्न गर्नुपर्दैन भन्ने वातावरण बनाउनु विदेशी एयरलाइन्सहरुले सहयोग पुर्‍याउनुपर्ने छ । पछिल्ला दिनहरुमा हवाई सुरक्षाको चुनौतीहरु मुलुकका लागि ठूलो चुनौतीको विषय हो । यो एयलाइन्सहरुले आम मानिसहरुलाई हवाई उडानमा सुरक्षा दिन्छौं र हवाई उडानका लागि नेपाली आकाश सुरक्षित छ भन्नेकुरामा प्रश्न गर्नुपर्दैन । भन्ने कुरालाई विश्वासमा दिन सक्नुपर्छ । हवाई उडान क्षेत्रका मुख्य गरेर जनशक्तिहरु आत्मा अनुशासनमा रहन्छौं भन्ने कुरा हो । पाइलट र इन्जिनियरले प्राप्त गरेको ड्युटी कति कर्तव्यनिष्ठ छ भन्ने कुरामा निर्भर हुन्छ । दायित्वलाई कर्तव्यनिष्ठ हुन जरुरी छ ।’

उनले हवाई दुई घटना सम्बन्धि हुने छानविनलाई पनि वास्तविकता खोज्न जरुरी रहेको बताए । उनले विगतमा भएका हवाई दुर्घटनाको छानविन समितिले गरेका छानविनलाई समिक्षा आवश्यक रहेको बताए ।

अहिलेसम्म हवाई दुर्घटनापछि बनेका छानविन समितिले दिएका प्रतिवेदन तथ्यपरक भए÷नभएको विषयमा समिक्षा गर्नु जरुरी रहेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया