बुधबार २ असोज २०८१
समाज

यसरी गरियो बुद्ध एयरको पहिलो एटीआर विमानलाई बिदाइ

मंगलबार भदौ २५, २०८१/ Tuesday 09-10-24

काठमाडौं । बुद्ध एयरले आफ्नो एटीआर ४२ (नाइन एन–एआईएन) विमानको बिदाइ गरेको छ ।

यो विमानले सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यावसायिक उडान सुरु गरेको थियो । मंगलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गर्‍यो । नेपाली आकाशमा उडान सुरू गरेको १६ वर्षपछि जहाजको 'उडान साइकल' समाप्त भएको हो। 

यो विमानलाई बुद्ध एयरका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर स्यालुट’सहित बिदाइ गरे । ७० हजार उडान साइकलपछि एटीआर ४२–३२० नाइन एन–एआईएन विमानको बिदाइ गरिएको हो ।

बुद्ध एयरमार्फत नेपाली आकाशमा ४० हजार टेकअफ ल्यान्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेको विमानले यहाँ १८ लाख यात्रुलाई सेवा दिएको छ । एक टेकअफ र ल्यान्डिङबराबर एक उडान साइकल हुन्छ ।

एटीआर विमान उत्पादक कम्पनीले उत्पादन गरेको मध्ये पूरा समय ७० हजार उडान साइकलपछि बिदाइ हुने नाइन एन–एआईएन पहिलो विमान भएको बुद्ध एयरले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया