बुधबार २ असोज २०८१
खेलकुद

बुरोसिया डर्टमन्डको प्रभावशाली जित

शनिबार भदौ २९, २०८१/ Saturday 09-14-24

काठमाडौ  । जर्मन बुन्डेसलिगाअन्तर्गत आज बिहान भएको खेलमा बुरोसिया डर्टमन्ड विजयी भएको छ । शनिबार बिहान भएको खेलमा हेइडेनहिमलाई डर्टमन्डले ४-२ गोलअन्तरले पराजित गरेको हो ।

डर्टमण्डको लागि मलनले खेलको १२औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ५ मिनेट पछि एडेमीले १७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

हेइडेनहिमका मारभिन पेरिङ्गरले ३९औँ मिनेटमा गोल गरेपछी खेल २-१ को अवस्थामा पुग्यो तर डर्टमण्डका एडेमीले ४१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा खेल ३-१ को स्थितिमा पुग्यो ।

दोश्रो हाफको ७४ औं मिनेटमा हेइडेनहिमका म्याक्सिमिलन ब्रेउङले पेनाल्टीलाई सदुपयोग गर्दै खेललाई ३-२ को स्थितिमा पुर्‍याए । तर, डर्टमन्डले खेलको इन्जुरी समयमा पाएको पेनाल्टी एमरेक कानले सदुपयोग गरेसँगै डर्टमन्ड ४-२ ले विजयी भएको हो ।

जितपछि ३ खेलबाट ७ अंक सहित डर्टमन्ड पहिलो स्थानमा उक्लीएको छ ।

तपाईको प्रतिक्रिया