सोमबार १५ पौष २०८१
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश राउतले पेश गरे २४ बुँदे कार्ययोजना

बुधबार असोज १६, २०८१/ Wednesday 10-02-24

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन्। बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे योजना पेस गरेका हुन् । 

मुद्दाको सुनुवाइदेखि फैसला कार्यान्वयनसम्मका विषयलाई समेट्दै उनले सुनुवाइ समितिमा योजना पेस गरेका छन् ।

संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका राउतको बुधबार दिउँसो संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरू भएको हो। उनीविरूद्ध समितिमा ६ वटा उजुरी परेका छन्। समितिले राउतविरूद्ध १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो।

राउतविरुद्ध आफ्नै श्रीमती ललिता राउतलाई झगडीया बनाएको देखि नेपाली कांग्रेसप्रति झुकाव राख्दै छोराका हत्या अभियुक्तलाई साधारण तारेखमा छाडेकोसम्मका उजुरी परेको छ ।

चितवनकी एक महिलाले जग्गा सम्बन्धीको विवादमा राउतको इजलासको फैसलाले आफूलाई बिल्लीबाठ पारेको भन्दै उजुरी दिएकी छन् भने संसदीय निर्वाचनको दिन बाजुरमा हत्या गरिएका चेतन एडीका बाबु गगन एडीले राउत कांग्रेसप्रति बफादार बनेर फैसला गर्ने न्यायाधीशर हेको भन्दै अनुमोदन नगर्न माग गर्दै उजुरी दिएकाछन 

तपाईको प्रतिक्रिया