राजनीति
कास्कीमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा हटाउन रास्वपाको माग
मंगलबार पौष ९, २०८१/ Tuesday 12-24-24
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक क्षेत्रमा लागु गरिएको 'निषेधित क्षेत्र' हटाउन माग गरेको छ ।
रास्वपा कास्की जिल्ला सभापति यदुनाथ अधिकारीको नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै निषेधाज्ञा हटाउन माग गरेको हो ।
रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरेर लगेपछि पोखराको शहीद चोक आसपास लगायतका क्षेत्रलाई निषेधित घोषणा गरिएको थियो ।
निषेधित क्षेत्र तोकिएको कारण सभापति लामिछानेलाई अदालत उपस्थित गराउने दिन शहीद चोकदेखि लेकसाइडको स्ट्रिट-१ सम्मको सडकमा सवारी आवागमनसमेत रोकिँदा यात्रुले सास्ती खेप्नु परिरहेको तथा जनजीवन प्रभावित परिरहेको ज्ञापन पत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया