बिजनेस
रात्रिकालीन उडान हुने विमानस्थलहरु बिहान साढे ४ बजेदेखि नै खुला
बिहीबार असोज १७, २०८१/ Thursday 10-03-24
काठमाण्डौ । रात्रिकालीन उडान हुने सबै विमानस्थलहरू आज बिहान साढे ४ बजेदेखि नै खुल्न थालेका छन् ।
बाढी पहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन काठमाण्डौसहित मुख्य सुगम विमानस्थहरु बिहानैदेखि खुलेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको । यो नियम आज घटस्थापनादेखि आउँदो कोजाग्रत पूर्णिमासम्म लागू हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौ, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, भद्रपुर, विराटनगर, जनकपुर, नेपालगञ्ज र धनगढी विमानस्थलमा रातको समयमा पनि उडान गर्न सकिन्छ। बाढीपहिरोले सडक अवरुद्ध भएपछि हवाई उडानमा चाप बढेको छ ।
तपाईको प्रतिक्रिया