सोमबार २८ असोज २०८१
समाज

पहिरो पन्छाएर एकतर्फी खुलाइयो अरनिको राजमार्ग

आइतबार असोज २७, २०८१/ Sunday 10-13-24

काठमाडौं । सुख्खा पहिरोका कारण अवरुद्व भएको अरनिको राजमार्ग एकतर्फी खुलेको छ।

गएराति आएको सुख्खा पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग आइतबार बिहान १० बजेदेखि एकतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। 

सुख्खा पहिरोका कारण राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका ८ स्थित ५० किलोमा राजमार्ग अवरुद्ध भएको थियो । 

सडक विभाग, स्थानीय तहको समन्वयमा पहिरो पन्छाएर एकतर्फी रूपमा राजमार्ग सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए। दुईतर्फी  यातायात सञ्चालनका लागि केही समय लाग्ने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया