सोमबार २८ असोज २०८१
समाज

डडेलधुरामा १४ वर्षीय किशोरीलाई हत्या गर्ने पक्राउ

सोमबार असोज २८, २०८१/ Monday 10-14-24

डँडेलधुरा। डडेल्धुरामा किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई सार्वजनिक गरिएको छ ।

पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी रहेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।

तपाईको प्रतिक्रिया