शनिबार ६ पौष २०८१
बिश्वो

भानुआटु टापुमा गयो ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

मंगलबार पौष २, २०८१/ Tuesday 12-17-24

काठमाडौं । दक्षिण प्रशान्त महासागरमा अवस्थित भानुआटु टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार, मंगलबार बिहान ७ बजेर ३२ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु राजधानी पोर्ट भिलाबाट ३० किलोमिटर पश्चिममा ५७ किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पपछि ५.५ म्याग्निच्युडको परकम्प गएको थियो । भूकम्पपछिको क्षतिको विवरण भने आएको छैन । तर, सबै सरकारी वेबसाइट अफलाइन भएका छन् । यसबाहेक प्रहरी र अन्य निकायका फोन नम्बर पनि काम गरिरहेका छैनन् । देशको भूकम्प मापन संस्थाले पनि यस सम्बन्धमा कुनै जानकारी दिएको छैन ।

भूकम्प र परकम्पका कारण घरहरु भत्किएका, बिजुलीका पोल ढलेका, गाडीहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन् । बेलायत, फ्रान्स र न्यूजील्याण्डका दूतावासहरु रहेको एउटा ठूलो भवन पनि भत्किएको देखिन्छ । भूकम्प लगत्तै सरकारी वेबसाइटहरु पनि डाउन भएका थिए ।

तपाईको प्रतिक्रिया