एमसीसी बोर्डले गर्यो करिब ७ अर्ब अनुदान थप्ने प्रस्ताव पास
काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बोर्डले ५० मिलियन अमेरिकी डलर थप गरेको छ । एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले पाँच करोड डलर थपको प्रस्ताव स्वीकृत गरेको हो ।
यसअघि ५० करोड डलर दिएको अमेरिकाले थप पाँच करोड डलर दिएको हो । यसमा नेपालले १९.७ करोड डलर हालेर उच्च स्तरको प्रसारण लाइन निर्माण हुनेछ । यसको म्याद पाँच वर्षको छ । म्याद ०८० भदौ १३ बाट सुरु भइसेकेको छ ।
बिहीबार बसेको एमसीसीको बोर्ड अफ डाइरेक्टर्सको बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव अनुदान स्वीकृत गरेको जनाएको छ ।
‘थप गरिएको अनुदानले नेपालको विद्युत् ग्रिडलाई सुदृढ पार्न र दीर्घकालीन आर्थिक वृद्धिलाई सहयोग पुर्याउन कम्प्याक्टको सफलतालाई सुनिश्चित गर्न हाम्रो आपसी समर्पणलाई पुनः पुष्टि गर्दछ,’ एमसीसीका कम्प्याक्ट अपरेसनका उपाध्यक्ष क्यामरन अल्फोर्डले भने ।
काठमाडौँको लप्सीफेदी र नुवाकोटको रातमाटेमा सबस्टेसन, मकवानपुर, धादिङ, तनहुँ, पाल्पा, चितवन, नवलपरासी हुँदै भारतको महेशपुरसम्म प्रसारण लाइन बनाइने छ । प्रसारण लाइन निर्माणपछि नेपाल–भारतबीच तीन हजार मेगावाट बिजुली आदानप्रदान सम्भव हुनेछ ।
तपाईको प्रतिक्रिया