काठमाडौं । देशका केही स्थानमा सोमबार (भोलि) र मंगलबार (पर्सि) वर्षा र हिमपातको सम्भावना छ । सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बदली (आकाशमा बादल) भने आज (आइतबार) पनि हुनेछ । काठमाडौंसहितका स्थानमा आंशिकदेखि साधारणतथा बदली हुने महाशाखाका मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।
महाशाखाका अनुसार अहिले गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानहरु लगायत उपत्यकाहरूमा हुस्सु र कुहिरो लागेको अवस्था छ ।
आज दिउँसो देशैभरका हिमाली, पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंंशिक बदली रही फाटफूटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पहाडी र तराई क्षेत्रमा भने मौसम सफा रहने सम्भावना रहेको छ ।
तपाईको प्रतिक्रिया