Skip This
मंगलबार २३ पौष २०८१
राजनीति

पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नआउनुस्, समाज सेवा गर्नुस्

शुक्रबार पौष १९, २०८१/ Friday 01-03-25

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्किन सुझाव दिएका छन्।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संस्मरण आमा, सपना र ताराहरू विमोचन समारोहमा शुक्रबार बोल्दै कांग्रेस महामन्त्री थापाले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा नफर्किन भनेका हुन्।

उक्त कार्यक्रममा पूर्वउपराष्ट्रपति भण्डारी पनि सहभागी थिइन्।

‘राजनीतिमै फेरि आउन चाहनुभएको हो कि भन्ने चर्चा पनि छ,’ भण्डारीप्रति लक्ष्य गर्दै शर्माले भने, ‘यहाँको सफलताको म सम्मान गर्छु, शुभकामना पनि छ। तर यदि कसैले शीतलनिवासबाट निस्केको पूर्वराष्ट्रपतिहरू के गर्नुपर्छ भनेर सोध्छ भने मैले भन्छु सामाजिक अभिभावक यो देशलाई चाहिएको छ।’

अध्यक्ष केपी शर्मा ओली अहिले नै उनलाई राजनीतिमा ल्याउने पक्षमा देखिएका छैनन् । तर एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसहितका नेताहरू भण्डारीलाई राजनीतिमा ल्याउने कोसिस गरिरहेका छन् ।

भण्डारीलाई राजनीतिमा ल्याउने कोसिसमा एमाले उपाध्यष्क्ष विष्णु पौडेल तथा नेताहरू गोकुल बास्कोटा र कर्ण थापा पनि लागिरहेका छन् । 

यसअघि गत मंसिर ३० गते च्यासलमा भएको राष्ट्रिय कार्यशाला भेलामा ओ‌लीले भण्डारीलाई एमालेले राष्ट्रपति बनाएको बताउँदै चाहेमा अब उनलाई एमालेले नै राजनीतिमा सक्रिय गराउने बताएका थिए ।

तपाईको प्रतिक्रिया