Skip This
मंगलबार २३ पौष २०८१
बिजनेस

नेपालमा आजदेखि जलपन्छी गणना

शनिबार पौष २०, २०८१/ Saturday 01-04-25

काठमाडौं ।एकै साथ देशभरका जलपन्छी गणना गरिने भएको छ । हरेक वर्ष जनवरी महिनाको पहिलो शनिवारदेखि जलपन्छी गणना गरिँदै आएको छ । 

शनिबारदेखि माघ २६ गतेसम्म जलपन्छीको संख्या, प्रजाति, बासस्थानको अवस्थाबारे जानकारी लिन गणना हुन लागेको जलपन्छी गणना संयोजक लक्ष्मणप्रसाद पौड्यालले बताए। उनका अनुसार यस अवधिमा पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन हुनेछ। 

सन् १९८७ देखिनै नेपालमा एसियाली जलपन्छी गणनाकार्य नियमित रूपमा हुँदै आएको छ। गत वर्ष देशभर ४०२ स्वयंसेवकले ७९ प्रजातिका ६३ हजार ९०० जलपन्छी सूचीकृत गरेका थिए।

 

 

तपाईको प्रतिक्रिया