सोमबार २९ बैशाख २०८२
राजनीति

नीति तथा कार्यक्रम आज पारित हुने, संसदमा प्रधानमन्त्रीले जवाफ दिने

आइतबार बैशाख २८, २०८२/ Sunday 05-11-25

काठमाडौं। आइतबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने छन्। नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ वटा संशोधन प्रस्तावहरू पनि आज निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यससँगै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि (कर प्रस्ताव बाहेक) छलफलको प्रस्ताव राख्नेछन्। राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ, जहाँ प्रधानमन्त्री ओलीले सांसदहरूको जिज्ञासामा जवाफ दिएपछि नीति तथा कार्यक्रममाथि पेश भएका संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय गरिएको छ।

 

तपाईको प्रतिक्रिया