सोमबार २९ बैशाख २०८२
समाज

तीनकुने घटना : शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

आइतबार बैशाख २८, २०८२/ Sunday 05-11-25

काठमाडौं। शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । गत चैत १५ गतेको तीनकुने घटनाको अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । 

काठमाडौंको सुकेधाराबाट बस्नेतलाई पक्राउ गरिएको हो। 'तीनकुने घटनाको अनुसन्धानका लागि उहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उहाँ फरार हुनुहुन्थ्यो । आज सुकेधारा क्षेत्रबाट उहाँलाई पक्राउ गरिएको हो,' एसपी बोहराले भने । बस्नेतलाई म्याद थपका लागि केही बेरमा अदालत लगिँदैछ ।

तपाईको प्रतिक्रिया