
काठमाडौं । विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।
०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो ।
असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो ।
तपाईको प्रतिक्रिया