सोमबार ५ जेठ २०८२
बिजनेस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई होलिडे इन् रिसोर्टमा विषेश छुट

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकले बूढानीलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५% छुट दिने सहमति भएको छ ।

छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरु बैंकले दिँदै आएको छ ।

तपाईको प्रतिक्रिया