सोमबार ५ जेठ २०८२
खेलकुद

युएईले नेपाललाई दियो ११५ रनको लक्ष्य

सोमबार जेठ ५, २०८२/ Monday 05-19-25

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ को पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । यूएईले २० ओभर खेल्दै सात विकेटको क्षतिमा ११४ रन बनाएको हो ।

यूएईका लागि कप्तान ईशा ओझाले सर्वाधिक ३९ रन बनाइन् । ३९ बलको सामना गरेकी उनले दुई चौका र एक छक्का  हानिन् । उसका लागि तीर्थ सतीशले २१, हिना होतचन्दनी २० रन जोड्दा लावन्या केनीले १३ रन बनाइन् । नेपाली बलरसामू अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

यूएईविरुद्ध टस जितेर सुरुमा फिल्ड रोजेको नेपालका लागि मनिषा उपाध्यायले उत्कृष्ट बलिङ गरिन् । चार ओभर बलिङ गरेकी उनले २० रन दिएर चार विकेट हात पारिन् । कविता कुँवरले चार ओभर बलिङ गर्दै १८ रन खर्चिएर दुई विकेट हात पर्दा राजमती ऐरीले चार ओभर बलिङ गर्दै २२ रन दिएर एक विकेट लिइन् ।

आजको खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । 

तपाईको प्रतिक्रिया