
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक आज (सोमबार) साँझ छ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज नियमित बैठक बस्ने भएको हो ।
आज बस्ने बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सम्भावना रहेको बताइएको छ । गत चैत २४ गतेदेखि नेपाल राष्ट्र बैंक गभर्नरविहीन छ । गभर्नर सिफारिस समितिले आज नै मन्त्रिपरिषद्ले नाम सिफारिस गर्ने र आजैको बैठकबाट गभर्नर नियुक्ति गरिने बताइएको छ ।
तपाईको प्रतिक्रिया