बुधबार २१ जेठ २०८२
समाज

वीरेन्द्र परिवारको सम्झनामा दीप प्रज्वलन, हिमानी–हृदयन्द्र उपस्थित

सोमबार जेठ १९, २०८२/ Monday 06-02-25

काठमाडौं । दिवंगत राजा वीरेन्द्र शाहको सम्झनामा श्रद्धाञ्जलीस्वरूप कमलादीस्थित गणेश मन्दिरमा दीप प्रज्वलन गरिएको छ।

दीप प्रज्वलन कार्यक्रममा सहभागी हुन पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज हृदयन्द्र शाह मन्दिर पुगेका थिए।

उनीहरू मन्दिर प्रवेश गर्दा समर्थकहरूले जयजयकारसहित नाराबाजी गरेका थिए। अहिले कमलादी गणेश मन्दिर परिसरमा ठूलो भीड लागेको छ। भिड व्यवस्थापन गर्न स्वयंसेवकहरूलाई कठिनाइ भएको छ भने हिमानी र हृदयन्द्रलाई मन्दिरभित्र प्रवेश गराउन हम्मेहम्मे परेको छ।

तपाईको प्रतिक्रिया