आइतबार २३ बैशाख २०८१
बिजनेस

निजामती कर्मचारी अस्पतालमा खुल्यो जागिर (सूचनासहित)

मंगलबार फाल्गुण ३०, २०७९/ Tuesday 03-14-23

काठमाडौं । निजामती कर्मचारी अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।  अस्पतालमा रिक्त पदहरूमा पदपूर्तिका लागि खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले आवेदन आह्वान गरिएको हो । 

अस्पतालले दशौँदेखि  चौथो तहसम्मका लागि कर्मचारी माग गरेको छ । एकै दिन दुईवटा सार्वजनिक विज्ञापन प्रकाशन गर्दै अस्पताले दशौँदेखि चौथो तहसम्मका लागि ठूलो संख्याका कर्मचारीका लागि आवेदन आह्वान गरेको हो । 

न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत २० गतेसम्म आवेदन दिन सक्ने अस्पतालले जनाएको छ । आवेदन अस्पतालको वेबसाइटमार्फत् अनलाइन दरखास्त प्रणालीबाट दिनु पर्नेछ । 

तपाईको प्रतिक्रिया