शुक्रबार २६ बैशाख २०८२
राजनीति

सीता महोत्सवमा सार्वजनिक विदा दिन माग

सोमबार बैशाख २२, २०८२/ Monday 05-05-25

काठमाडौँ । सांसद रामकृष्ण यादवले सीता महोत्सवका अवसरमा सार्वजनिक बिदा दिन माग गरेका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद यादवले सीता जन्मोत्सवको अवसरमा सार्वजनिक बिदा दिन माग गरेका हुन् ।

यस वर्ष वैशाख २३ गते सीता महोत्सव परेको छ । ‘नेपाललाई सीताको देश भनेर चिनिन्छ। सीता माता नेपालकी सुपुत्री हुन्।

धैर्य र सहनशीलताको प्रतिमूर्ति हुन्। सनातन धर्मावलम्बीको पूजनीय श्री जानकी माताको जन्मोत्सव भोलि वैशाख २३ गते हो। यसैले महोत्सवका दिन सार्वजनिक बिदा दिन नेपाल सरकार गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु,’ यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया