शुक्रबार २६ बैशाख २०८२
राजनीति

जेठ २ गतेबाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने माओवादीको निर्णय

आइतबार बैशाख २१, २०८२/ Sunday 05-04-25

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले ‘मध्य–पहाडी लोकमार्ग अभियान’ जेठ २ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ ।

आज (आइतबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले हालै सम्पन्न भएको ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ को समीक्षा गर्दै मध्य–पहाडी लोकमार्ग अभियानको मिति तय गरेको हो ।

बैठकले ‘‘हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ ले राष्ट्रिय एकता सुदृढ गर्न सफल भएको र उक्त अभियान माओवादीको मात्रै नभएर सम्पूर्ण राष्ट्रकै अभियान बनेको निष्कर्ष निकालेको छ ।

 पुस २३ गते सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले तराई मधेस हुलाकी मार्ग, मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो । फागुन १२ गते झापाबाट सुरु भएको हुलाकी मार्ग केन्द्रित अभियान वैशाख १७ कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया