आइतबार २३ बैशाख २०८१
बिजनेस

पोखरामा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुने

बुधबार असार ६, २०८०/ Wednesday 06-21-23

पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । आज चिनियाँ जहाज ‘सिचुवान एयरलाइन्स’ पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको हो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको सो जहाज आन बिहान साढे ९ बजे पोखरा विमानस्थलमा अवतरण हुनेछ । जसमा १ सय ३० यात्रु रहने बताइएको छ ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमेतलाई लिएर आउने सो विमानमा चिनियाँ खेलाडीहरू पनि आउने छन् ।

दक्षिण एसियामा नै  पहिलोपटक पोखरामा आयोजना गरिन लागिएको ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुन चिनियाँ खेलाडी नेपाल आउन लागेका हुन् । सो फेस्टिभल यही असार ८ र ९ गते पोखरामा हुँदैछ ।

तपाईको प्रतिक्रिया