आइतबार २३ बैशाख २०८१
बिजनेस

सरकारले नीति नबनाउँदा अर्थतन्त्र निकै जटिल अवस्थामा पुग्यो : चन्द्र ढकाल

बुधबार भदौ १३, २०८०/ Wednesday 08-30-23

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र निकै जटिल अवस्थामा रहेको बताए । 

बुधबार बाह्रखरी मिडियाले आयोजना गरेको ‘निजी क्षेत्रको आवाज’ विषयक छलफल कार्यक्रममा बोल्दै ढकालले राज्यले बनाएको नीतिको कारण यस्तो अवस्था आएको बताए ।

निजी क्षेत्रले आवाज उठाउँदा आफ्नो स्वार्थका लागि बोल्छन् भन्ने बुझाइ सरकारको रहेको उनको भनाइ छ । तर, अहिले सरकार भने तलबसमेत खुवाउन नसक्ने अवस्थामा पुगेको उनले बताए ।

सरकारले दूरदर्शी हिसाबले नीति बनाउन नसक्दा अहिले अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए ।

तपाईको प्रतिक्रिया