
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटिने प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीहरुका लागि छुट्टै आचारसंहिता जारी गर्ने तयारी गरेको छ ।
संघबाट खटिएका कर्मचारीहरु विभिन्न अनैतिक र अश्लील हर्कतमा मुछिने क्रम बढेपछि मन्त्रालयले आचारसंहिता जारी गर्न लागेको हो ।
मन्त्रालयका सहचिव सुमन दाहाल मन्त्रालय अन्तर्गत खटिएका कर्मचारीहरु आफ्नो कर्तव्य भुलेर विभिन्न गलत अनैतिक क्रियाकलापमा संलग्न हुने गरेको देखिएपछि आचारसंहिता नै जारी गर्न गृहकार्य भइरहेको बताउँछन् । ‘कार्यालयमा गर्नुपर्ने व्यवहारदेखि सामाजिक सञ्जालको प्रयोगसम्ममा देखिएका कमी कमजोरीहरुलाई ध्यानमा राखेर आचारसिंहता जारी गर्न लागेका हौं,’ दाहालले भने,‘ भविष्यमा यस्ता घटनाहरु नदोहरिउन् भन्नेमा मन्त्रालय सचेत छ ।’
तपाईको प्रतिक्रिया