शनिबार १२ श्रावण २०८१
बिश्वो

चिनियाँ विदेशमन्त्री वाङ यी सुरक्षा वार्ताका लागि रूस जाने

सोमबार असोज १, २०८०/ Monday 09-18-23

बेइजिङ । चीनका उच्च कूटनीतिज्ञ वाङ यीले सुरक्षा वार्ताका लागि सोमबारदेखि रूसको चारदिने भ्रमण सुरु गर्ने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

चीन र रूस रणनीतिक सहयोगी हुन् । दुवै देशले बारम्बार आफ्नो ‘सीमाहीन’ साझेदारी र आर्थिक तथा सैन्य सहयोगको चर्चा गर्दै आएका छन् ।

गत वर्षको फेब्रुअरीमा रूसले युक्रेनमाथि गरेको आक्रमणपछि चीनले त्यसको आलोचना गर्न अस्वीकार गरेको थियो ।

चीनको विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै रूसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभको निमन्त्रणामा वाङले रणनीतिक सुरक्षा परामर्श गर्ने जनाएको छ ।

यसअघिको ब्रिफिङमा रूसी विदेश मन्त्रालयले वाङले आफ्ना समकक्षी सर्गेइ लाभरोभसँग भेटवार्ता गर्ने र दुवैले ‘अन्तर्राष्ट्रिय परिदृश्यमा सहकार्यलाई मजबुत बनाउने प्रयासमा ध्यान केन्द्रित गर्ने’ योजना बनाएको बताएको थियो ।

“युक्रेनमा समाधानसँग सम्बन्धित मुद्दाहरूको साथै एसिया–प्रशान्त क्षेत्रमा स्थिरता र सुरक्षा सुनिश्चित गर्ने तरिकाहरूमा विस्तृत विचार आदानप्रदान हुनेछ,” विदेश मन्त्रालयका एक प्रवक्ताले भने ।

चीनले युक्रेन युद्धमा आफूलाई एक तटस्थ पक्षको रूपमा स्थापित गर्न खोजेको छ । र, मस्कोलाई एक महत्वपूर्ण कूटनीतिक र वित्तीय आधार प्रदान गरेको छ । यसको अन्तर्राष्ट्रिय अलगाव गहिरो हुँदै गएको छ । तर उसले रूसमा प्रत्यक्ष सैन्य संलग्नता वा घातक हातहतियार पठाउन भने रोकेको छ ।

गत महिना चीनका रक्षामन्त्री ली शाङ्फुले रूस र बेलारूसको भ्रमण गरी निकट सैन्य सहकार्यका लागि आह्वान गरेका थिए ।

हालैका महिनाहरूमा, दुई देशहरूले संयुक्त समुद्री र हवाई गस्ती गरेका छन्, जसले गर्दा दक्षिण कोरियाले सावधानीको रूपमा लडाकू विमानहरू तैनाथ गरेको छ ।

 

तपाईको प्रतिक्रिया