शनिबार १२ श्रावण २०८१
अनुसन्धान

टिकटक प्रतिबन्धसम्बधी मुद्दाको सुनुवाइ स्थगित

सोमबार मङ्सिर ४, २०८०/ Monday 11-20-23

काठमाडौं ।टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित  गरिएको छ ।

सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको हाे  । 

सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको स्रोतले जनाएको छ । 

हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथिप्रतिबन्ध लगाए पछि यही मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।

तपाईको प्रतिक्रिया