सोमबार १७ मङ्सिर २०८१
समाज

दुर्गा प्रसाईँको कार्यक्रम बल्खुमा गर्न प्रशासनको अनुमति

मंगलबार मङ्सिर ५, २०८०/ Tuesday 11-21-23

काठमाडौं । गणतन्त्रविरोधी अभियानता व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ ले बिहीबार गर्न लागेको प्रदर्शनको कार्यक्रमस्थल बल्खुमा तोकिएको छ । प्रसाईँ नेतृत्वको टीमसँगको छलफलपछि बल्खुमा प्रदर्शन गर्न दिने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

प्रसाईँ र एमालेनिकटको राष्ट्रिय युवा संघ साथै अनेरास्ववियुको कार्यक्रमस्थल जुधेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यान दिँदै प्रशासनले माइतीघर-नयाँ बानेश्वरभर रुटलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । त्यसपछि युवा संघले तीनकुनेमा कार्यक्रम स्थल तय गरेको छ ।

तपाईको प्रतिक्रिया