राजनीति
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत (सूचीसहित)
बिहीबार पौष ११, २०८१/ Thursday 12-26-24
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको स्वास्थ्य विभागमा १० सदस्यहरू मनोनीत गरेका छन् ।
सभापति देउवाले डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन् । नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरूलाई देउवाले बिहीबार मनोनीत गरेका हुन्।
स्वास्थ्य विभागमा मनोनीत हुनेहरूमा डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ , डा. अनिलकुमार झा र डा. सुमन कर्माचार्यलाई मनोनीत गरिएको छ ।
त्यस्तै, डा.सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल, वुधिसरा सुनुवारलाई स्वास्थ्य विभागमा मनोनीत गरिएको छ ।
तपाईको प्रतिक्रिया