भारतमा ५ प्रदेशको मतगणना शुरु, प्रारम्भिक रुझानमा कहाँ कसको अग्रता ?

काठमाडौं । भारतका पाँच राज्यमा भएको निर्वाचनको मतगणना सुरु भएको छ । अहिले चार वटाको जारी रहेको छ, भने एक राज्यको गणना सुरु भएको छैन ।
सुरुआती परिणाम अनुसार २ राज्यमा बिजेपी र २ वटामा कांग्रेस अगाडि देखिएको छ ।
मध्य प्रदेशमा बिजेपीले ७५ सिटमा अग्रता लिएको छ । त्यहाँ कांग्रेसले ६२ सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि ११६ सिट जित्नु आवश्यक छ । मध्य प्रदेशमा २३० सिटका लागि भएको निर्वाचनमा अहिले १४७ को गणना जारी रहेको छ ।
यस्तै राजस्थानमा बिजेपी ६६ सिटमा अगाडि हुँदा कांग्रेसले ५० सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि १०० सिट आवश्यक पर्छ । राजस्थामा १९९ सिटका लागि भएको निर्वाचनमा १४२ क्षेत्रको गणना जारी छ ।
यस्तै छत्तीसगढ र तेलंगनामा कांग्रेस अगाडि छ । छत्तीसगढमा कांग्रेस ३६ सिटमा अगाडि हुँदा बिजेपी ३२ मा छ । यहाँ बहुमतका लागि ४६ सिट जित्नु आवश्यक छ । छत्तीसगढमा ९० सिटका लागि भएको निर्वाच्नमा ७० क्षेत्रमा मतगणना जारी छ ।
त्यसैगरी तेलंगनामा कांग्रेसले ५५ सिटमा अग्रता लिएको छ । यहाँ बिजेपी २ सिटमा मात्रै अगाडि छ । बीआरएस पार्टीले ३५ सिटमा अग्रता लिएको छ । यहाँ बहुमतका लागि ६० सिट आवश्यक पर्छ । तेलंगनामा ११९ सिटका लागि भएको निर्वाचनमा १०२ सिटको गणना जारी छ ।
मिजोरममा गणना सुरु भएको छैन् ।
तपाईको प्रतिक्रिया