आइतबार २३ बैशाख २०८१
बिजनेस

टुसाल मल्टिभेन्युको दोस्रो वार्षिकोत्सवको अवसरमा ४० प्रतिशतसम्म छुट

बुधबार माघ १०, २०८०/ Wednesday 01-24-24

काठमाडौं।  टुसाल मल्टिभेन्युले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा  विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ। काठमाडौंको तार्केश्वर नगरपालिका ०८ मा अवस्थित टुसाल मल्टिभेन्युले ४० प्रतिशतसम्म छुट सुविधा सहितको विशेष वार्षिकोत्सव अफर सार्वजनिक गरेको हो। 

 यस अन्तर्गत टुसाल हेल्थ क्लबको जिम,कार्डिया,साउना,स्टिम,ज्याकुजी र स्विमिङ सहितको वार्षिक एक  लाख पर्ने पूर्ण प्याकेज मात्र ६० हजारमा उपलब्ध हुने भएको हो। विशेष वार्षिकोत्सव अफर माघ महिनाभर लागु हुने मल्टिभेन्युका महाप्रबन्धक  प्रबिन मानसिंह बस्नेतले बताए ।  यस्तै टुसाल हेल्थ क्लबका सबै मासिक र बार्षिक ग्राहकहरुले क्याफे, रेष्टुरेण्ट र वारमा ५ देखि १५ प्रतिशत सम्म छुट सुविधा पाउन सक्नेछन् । 

एउटै छातामुनी रेष्टुरेन्ट, बेङ्क्वेट, पौडी पोखरी, व्यायामशाला, वेलनेस, सोना स्टिम, ज्याकोजी जस्ता सेवा समावेश गरी दुई वर्ष अघि आजकै दिनबाट टुसाल मल्टिभेन्युले सेवा सुचारु गरेको हो।  दुई वर्षको अन्तरालमा  प्रत्यक्ष अप्रत्यक्ष गरी दुई सय जना भन्दा बढिले राजगारी पाएको र  पाँच लाख भन्दा बढीले टुसाले मल्टिभेन्युको भ्रमण गरेको बस्नेतको दावि छ। 

टुसाल मल्टिभेन्युले संस्थागत सामाजिक उत्तरदायित्व अनतर्गत वर्षेनी विद्यालय स्तरिय पौडी प्रतियोगिताको आयोजना गर्दै आएको छ। दस रोपनी क्षेत्रफलमा फैलिएको टुसाल मल्टिभेन्युमा शान्त वातावरण, सफा, चुस्त सेवा प्रवाह र सबै सुविधा एकै ठाउँमा पाउन सकिने भएकाले, बिहे, व्रतबन्ध, बर्थडे सेलिब्रेसन र पारिवारिक जमघट गर्न चाहाने धेरैका लागि पछिल्लो समय  टुसाल मल्टिभेन्यु प्रमुख रोजाई बन्दै आएको छ। 


 

तपाईको प्रतिक्रिया