शनिबार १२ श्रावण २०८१
अर्थ

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

सोमबार माघ २९, २०८०/ Monday 02-12-24

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ०.७३ प्रतिशतले बढेको छ ।

सोमबार नेप्से १५.३३ अंकले बढेर २१०१.१६ को विन्दुमा पुगेको छ । १९९ कम्पनीको सेयर मूल्य बढेको छ । ४५ कम्पनीको सेयर मूल्य घट्दा चार कम्पनीको भने स्थिर छ ।

यस दिन एक करोड एक लाख आठ हजार १२२ कित्ता सेयर तीन अर्ब ५८ करोड ६९ लाख ८४ हजार १२८ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये १२ वटाको समूहगत सूचक बढेको छ । अन्य उपसमूहको समूहगत सूचक मात्रै घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया