शनिबार १२ श्रावण २०८१
समाज

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

आइतबार फाल्गुण २०, २०८०/ Sunday 03-03-24

१. एउटा मुर्खले पनि जान्दछ कि शत्रु जति कम हुन्छन्, खतरा पनि त्यति नै कम हुन्छ ।
२. मानिसले बाँच्नका लागि शत्रुताभन्दा मित्रतालाई बढी हितकर ठान्नुपर्दछ, किनभने पाशविक तरिकाबाट हुने सफलता क्षणिक हुनाको साथै जोखिमपूर्ण पनि हुन्छ ।
३. सुख प्राप्तिको पहिलो शर्त शान्ति स्थापना र कानुको मर्यादा राख्ने प्रवृत्ति हुन आउँछ ।
४. विश्वको कुनै पनि ठाउँमा अस्थिरता, विभाजन र विवाद रहेसम्म संसारमा कहीँ पनि स्थायी र ठोस शान्ति हुँदैन ।
५. लडिरहेका दल वा पक्ष, वर्ग, सम्प्रदाय र मानव समुदायका अन्य खण्डका बीचमा शान्तिपूर्ण र स्वस्थ सम्बन्ध स्थापना नभइकन राष्ट्र–राष्ट्र वा मुलुकमुलुक बीचको वास्तविक र दिगो शान्ति सम्भव छैन ।
६. मानव परिवारको कुनै पनि खण्डमा विभाजन र बेमेल छ भने अस्थिरता बिस्तारै फैलिँदै जान्छ र समयमै यसले पूरै मानवजातिलाई असर पु¥याउँछ । अस्थिरता र बेचैनी चिकित्साविज्ञानले थाहा पाएका रोगभन्दा चाँडै सर्दछन् ।

साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट

तपाईको प्रतिक्रिया