राष्ट्रिय सभा बैठकमै ढले कांग्रेस सांसद भट्ट, उपचार हुँदै
काठमाडौं । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट सांसद भट्टले बैठकको विशेष समयमा बोल्न नाम टिपाएका थिए । शून्य समय चल्दै गर्दा भट्टलाई एक्कासि चक्कर लागेको थियो । त्यसपछि भट्टलाई अरू सांसदले डोहोर्याउँदै बैठककक्षबाट बाहिर ल्याएका थिए ।
भट्ट अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।
त्यसपछि उनको सट्टामा बोल्न कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटालाई समय दिइयो । संघीय संसद् भवन परिसरमै भट्टको उपचार भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया