आइतबार २३ बैशाख २०८१
मनोरन्जन

यस्तो देखियो ‘महाजात्रा’को प्रिमियर

मंगलबार चैत ६, २०८०/ Tuesday 03-19-24

काठमाडौं ।प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ प्रिमियर शो सुन्धारास्थिति सिभिल मलमा गरिएको छ । मंगलबार गरिएको प्रिमियरमा कलाकारहरु र सञ्चारकर्मीको बाक्लो उपस्थिती छ ।

प्रिमियर समारोहमा कलाकार मदनकृष्ण श्रेष्ठ, शिवहरि पौडेल, किरण केसी, दीपाश्री निरौला लगायतको उपस्थिति थियो ।

जात्राको तेस्रो श्रृङ्खलाको रुपमा तयार गरिएको यो फिल्म शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ ।

कमेडी जनराको यो फिल्ममा वरिष्ठ कलाकार हरिवंश आचार्य, राजाराम पौडेल, नायक विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दिव्य देव, वर्षा राउत, गौमाया गुरुङलगायतको अभिनय रहेको छ ।

षट्कोण आर्टको ब्यानरमा बनेको यो फिल्मको लेखक भट्टराई स्वयं हुन् । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लागानी रहेको छ । पुरुषोत्तम प्रधानले क्यामेराम्यानको जिम्मेवारी निर्वाह गरेका छन् ।

तपाईको प्रतिक्रिया