आइतबार २३ बैशाख २०८१
बिजनेस

बागलुङ नगरपालिकाको “नगरकी छोरी” कार्यक्रममा प्रभु बैंकको साथ

आइतबार चैत १८, २०८०/ Sunday 03-31-24

बागलुङ।  बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम सुरु गरेको छ । छोरीहरूको सम्मान, संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले पालिकाले प्रभु बैंकको सहकार्यमा आजदेखि उक्त कार्यक्रम संचालनमा ल्याएको हो।

बागलुङ नगरपालिकाको तर्फबाट प्रशासकीय अधिकृत श्री हरिदत्त कँडेल र प्रभ बैंक लि। का तर्फबाट बागलुङ शाखा प्रबन्धक सामर्थ उप्रेतीले “नगरकी छोरी” कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौतामा आईतबार हस्ताक्षर गरेका हुन्।  बागलुङ नगरपालिका–२ की अदीति क्षेत्रीको नाममा प्रभु बैंकमा मुद्दती खाता खोलेर  कार्यक्रम शुभारम्भ गरिएको हो ।

यस कार्यक्रम अन्तर्गत २०८० असारपछि जन्मिएका छोरीको नाममा खोलिएको खातामा नगरपालिकाको तर्फबाट रु पाँच हजार २० वर्षसम्म मुद्दती खातामा जम्मा गरिने र उक्त खातामा अभिभावकले पनि रकम थप गर्न सक्नेछन्।  कार्यक्रम सम्झौता अनुसार प्रभु बैंकले मुद्दती खातामा प्रदान गर्ने प्रकाशित ब्याजदरको उच्चतम ब्याजदर प्रदान गर्नेछ।  “नगरकी छोरी” कार्यक्रमबाट बागलुङ नगरपालिका क्षेत्रभित्रका छोरीहरुको समाजिक सम्मान तथा आर्थिक संरक्षण भई छोरीहरुलाई हौसला बढ्ने, विभेद हट्ने एवं बागलुङ नगरपालिकाको लक्ष्य प्राप्ती हुने  बैंकले विश्वास लिएको छ ।

तपाईको प्रतिक्रिया