शनिबार १२ श्रावण २०८१
समाज

प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध १० दिनभित्र उजुरी दिन आह्वान

सोमबार चैत १९, २०८०/ Monday 04-01-24

काठमाडौं।  प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान भएको छ । चैत १८ को संवैधानिक परिषद् बैठक निर्णयले महालेखा परीक्षकमा प्रस्तावित तोयम रायको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ।

संसदीय सुनुवाइ समितिको आजको बैठकले रायसँग सम्बन्धित कुनै गुनासा वा उजुरी भए १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको हो।

रायविरुद्ध १० दिनभित्र कुनै उजुरी वा गुनासो आए समितिमा छलफल हुने र नआए नियुक्तिसम्बन्धी निर्णय पारित हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए। 

तपाईको प्रतिक्रिया