पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
काठमाडौं । उच्च अदालतको अन्तरिम आदेशपछि गौशाला धर्मशालामा रहेका पसल र भोजनालय खुलेका छन् । उच्च अदालत पाटनले पसल र भोजनालय सञ्चालनमा रोक नलगाउनू भन्दै २५ पुसमा अन्तरिम आदेश दिएपछि पसल खुलेका हुन् ।
पशुपति विकास कोषले आफ्नो स्वामित्व रहेको गौशाला धर्मशाला १२ असोजमा काठमाडौं महानगरलाई चलाउन दिने सम्झौता गरेको थियो । उक्त सम्झौतापछि महानगरले गौशाला धर्मशालामा सञ्चालित पसल र भोजनालय बन्द गरेको थियो ।
तर, उच्च अदालत पाटनले १३ मंसिरमा पशुपति विकास कोष र काठमाडौं महानगरबिच गौशाला धर्मशाला सञ्चालनका लागि भएको सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । गौशाला धर्मशाला सञ्चालन गर्न नपाए पनि महानगरले धर्मशालामा खोलिएका पसल र भोजनालय भने चल्न दिएको थिएन ।
उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद पराजुलीको इजलासले २५ पुसमा कोष र महानगरबीच भएको सम्झौता कार्यान्वयन नगर्ने दिइएको अन्तरिम आदेश सम्झाउँदै, गौशाला धर्मशालामा रहेका पसल, भोजनालय बन्द नगर्न अन्तरिम आदेश दिएको हो ।
तपाईको प्रतिक्रिया