आइतबार २३ बैशाख २०८१
ग्यालरी

श्री एयरलाइन्सबाट भैरहवा जान लागेका यात्रु ६ घण्टादेखि एयरपोर्टमा अलपत्र

शुक्रबार चैत २३, २०८०/ Friday 04-05-24

काठमाडौं । श्री एयरलाइन्सले समयमा उडान नगर्दा भैरहवा जान लागेका यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ घण्टादेखि कुर्न बाध्य भएका छन् । बिहान साढे ८ बजे विमानस्थल आएका यात्रु सवा ३ बजेसम्म गतव्यमा पुग्ने अत्तोपत्तो छैन ।

बिहान साढे ९ बजेको टिकट काटेर आएकोमा अहिलेसम्म आफुहरू अलपत्र परेर बसिरहेको यात्रुमध्येका एक श्याम पुडासैनीले बताए ।

उनले नेपाल प्रेससँग भने, ‘बिहान साढे ९ बजे जहाज उड्ने टिकट थियो । म १ घण्टाअघि नै एयरपोर्ट आएको थिएँ । हामीलाई सुरूमा जहाज केही डिले भएको जानकारी आएको थियो । ११ बजेसम्म डिले भयो भन्यो । त्यसपछि २ बजेसम्म डिले भएको भन्यो । ३ बजेसम्म हामीलाई भैरहवा पठाउने कुनै तयारी छैन । हामीलाई बिहान नै बोर्डिङ पास दिएर राखेको छ ।’

त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाले बिहान नै श्री एयरलाइन्स्ले जहाजमा प्राविधिक समस्या आएको जानकारी गराएको बताए । तर, एयरलाइन्स्ले अन्य व्यवस्था गरेर यात्रु पठाउनु पर्ने उनको भनाइ छ । कति यात्रु थिए भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

तपाईको प्रतिक्रिया