आइतबार २३ भदौ २०८१
अर्थ

संस्थागत सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको क्याप हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यो व्यवस्था हटाइएको हो । 

शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको बताए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत संस्थाहरुका लागि सेयर धितो कर्जाको सीमा हटाएको हो । यद्यपि व्यक्तिगत कर्जाको सीमाका सम्बन्धमा भने कुनै नयाँ व्यवस्था गरिएन । हाल व्यक्तिका हकमा सेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया