आइतबार २३ भदौ २०८१
अर्थ

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24

काठमाडौँ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण प्रवाह गर्नेगरी राष्ट्र बैंकले बिना धितो ख्ण उपलब्ध गराउन आवश्यक व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । 

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्नेछ।

“बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया