
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अन्जना शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका छन् । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
शाक्यलाई चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले मनोनयका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । शाक्य नेकपा एमालेको कोटाबाट राष्ट्रिय सभामा मनोनीत भएकी हुन् ।
तपाईको प्रतिक्रिया