बिहीबार ११ बैशाख २०८२
राजनीति

माओवादीले भन्योः सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन

बुधबार बैशाख १०, २०८२/ Wednesday 04-23-25

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओलीलाई एकदिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको बताएको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले राजनीतिकरूपमा वर्तमान सरकारले वैधानिकता गुमाइसकेको बताए ।

उनले औचित्य स्थापित गर्न वर्तमान सरकार पूर्णरूपमा असफल भएकाले एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताए । वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सापकोटाको भनाइ छ ।

माओवादीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई उल्टाउने काम भएको आरोप लगाएको छ ।

प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको शृंखला नै खडा गरिएको बताए । वर्तमान सरकारले गरेका निर्णय सबै बिचौलियाको स्वार्थमा जनहित र राष्ट्रहित विपरीत रहेको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया