मंगलबार २५ बैशाख २०८१
राजनीति

प्रधानमन्त्री दाहाल मोरङमा

शुक्रबार बैशाख १४, २०८१/ Friday 04-26-24

सुन्दरहरैचा (मोरङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केहीबेर अघि मोरङ आइपुग्नुभएको छ । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट यहाँ आइपुग्नुभएको हो ।

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहका लागि प्रधानमन्त्री दाहाल यहाँ आइपुग्नुभएको हो । उहाँलाई मोरङका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, विश्वविद्यालयका पदाधिकारीले स्वागत गर्नुभएको थियो । रासस

तपाईको प्रतिक्रिया