आइतबार ६ जेठ २०८१
अर्थ

जेठ १ गतेदेखि लागु हुने गरी घट्यो ब्रोकर कमिसन

सोमबार बैशाख २४, २०८१/ Monday 05-06-24

काठमाडौं । धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको छ।

 नेपाल धितोपत्र बोर्ड स्रोतका अनुसार आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसनको नयाँ दर अर्थ मन्त्रालयबाट स्वीकृत भएअनुसार नै लागु गर्ने निर्णय गरेको हो । तर यसमा सबै सञ्चालकको हस्ताक्षर हुन बाँकी छ।'

धितोपत्र बोर्डमा अध्यक्ष नभएकै कारण यो निर्णय हुन सकिरहेको थिएन। आइतबार अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक रितेश शाक्यसमेत उपस्थित रहेको बैठकले यस्तो निर्णय गरेको हो। शाक्य अहिले धितोपत्र बोर्डको अध्यक्षको हैसियतमा समेत छन्।

वैशाखबाट कायममुकायम अध्यक्षको जिम्मेवारी अर्थमन्त्रालयबाट बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका रितेश कुमार शाक्यले पाएका थिए। चैत ३० गते संशोधित धितोपत्र ऐन राजपत्रमा प्रकाशित भएसँगै शाक्यले स्वतः कायममुकायम अध्यक्षको जिम्मेवारी पाएका हुन्।

संशोधनले धितोपत्र ऐनले बोर्डको अध्यक्षको पदावधि सकिएको अवस्थामा,  सरकारले हटाएमा वा निलम्बन गरेको अवस्थामा अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने कर्मचारीले नै धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी सम्हाल्न सक्ने व्यवस्था गरेको छ।

धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति दिएको हो।

तपाईको प्रतिक्रिया